अनार खेती गरेर आत्मनिर्भर बन्दै राजेन्द्र र ऋषिराम « Khabarhub

अनार खेती गरेर आत्मनिर्भर बन्दै राजेन्द्र र ऋषिराम


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । 

कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै १५ लाखको लगानीमा अनार खेती सुरु गरेका हुन् । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी एक लाखका दरले ४० लाख आम्दानी हुने अनुमान कृषक आचार्यले गरेका छन् । अघिल्लो वर्ष रु १० लाखको अनार उत्पादन भएकामा यस वर्ष १५ लाखको उत्पादन हुने आचार्यले बताए।

उक्त अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ । 

नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ७ : ५४ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ