भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो « Khabarhub

भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।

समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौं अन्य व्यक्तिहरू उपस्थित थिए ।

सन् १९५० मा भारतको संविधान लागू भएको थियो । कार्यक्रमको शिलशिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रङ्गीचङ्गी झाँकीहरूको शृङ्खला प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : ०८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी