आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन « Khabarhub

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।

मन्त्रालयले आज सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गर्न र त्यससम्बन्धमा सरकारले के–के गर्नुपर्ने हो सुझावसहितको प्रतिवेदन तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको गृहमन्त्री रवि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।

आचार्यले मङ्गलबार बानेश्वरमा आत्मदाहको प्रयास गरी घाइते भएकामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आचार्यको निधनपश्चात कीर्तिपुरस्थित अस्पताल पुगेर बुधबार अपराह्न नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरूसँग भेट गरी समस्यामा सरकारसँगै रहेको र आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरी समाधान खोज्न प्रयत्न गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : १४ बजे

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा