महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाकाे मृत्यु « Khabarhub

महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाकाे मृत्यु


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी : महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षीया एक महिलाको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

लोहारलाई औरही नपा–२ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

त्यसैगरी आजै सिन्धुली जिल्लाको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश२–०२–००१त २२६४ नंको ट्र्याक्टर बर्दिबास नगरपालिका–३ स्थित पाटुमोडमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर, वतन नखुलेको ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

सो दुर्घटनामा परेर अन्य २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको उपचार बर्दिबासस्थित जनसेवा अस्पताल, नौको साइमल्टी स्पेस्लिटी अस्पताल र सात जनाको उपचार शुभस्वस्तिक अस्पताल बर्दिबासमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका यात्रुहरू महोत्तरी, धनुषा र केही भारतीय रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : ५४ बजे

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि