टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने « Khabarhub

टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का बनाएको हो । २५–१३, २५–१७ र २५–२१ ले गण्डकी एपिएफसामु स्तब्ध बनेको थियो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको आर्मी २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनलमा पुगेको हो । तृतीय स्थानका लागि गण्डकी प्रदेश र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । आइतबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत पुरुषतर्फका सेमिफाइनल खेल शुक्रबार हुनेछन् ।

पहिलो खेल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दोस्रो खेलमा फाइनलका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता छ । पुरुषतर्फ श्रीलङ्काको एसटी जोसेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ ।

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित उक्त प्रतियोगिताको महिला र पुरुष दुवैतर्फ उपाधि विजेतालाई रु पाँच–पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितमा तेस्रो हुनेलाई नगद रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ । महिला र पुरुष दुवैतर्फको फाइनल खेल शनिबार हुने आयोजक संस्थाका सचिव डिबी नेपालीले जानकारी दिनुभयो । गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपिएफले जितेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ९ : ३६ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक