मकैको बीउ उत्पादनसँगै निर्यात « Khabarhub

मकैको बीउ उत्पादनसँगै निर्यात


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।

जोरायाल गाउँपालिका र बडीकेदार गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत ५० हेक्टर जमिनमा मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ उत्पादन भई रु एक करोड एक लाख बराबरको निर्यात भएको प्रमुख पनेरुले बताए ।

जोरायल गाउँपालिका–४ की नर्मी देवी थापामगरले १० रोपनीमा अरुण–२ र रामपुर कम्पोजिटजातको १.३ मेट्रिक टन मकैको बीउ उत्पादन गरी करिब रु ९५ हजार दुई सय ५६ बराबरको आम्दानी भएको बताए । उनले भने, “कृषि ज्ञान केन्द्रले मकैको बीउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउने गरेको छ ।”

किसानले यान्त्रिक हलो, त्रिपाल, बोरालगायत कृषि औजार र उपकरण पनि अनुदानमा पाउँछन् । आउँदा वर्षमा बीज वृद्धि कार्यक्रम थप विस्तार गर्ने योजनामा रहेको थापामगरले भने । जोरारायल गाउँपालिका–४ मा रहेको श्री लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत पालिकामा नौ सय किसानले उत्पादन गरेको ७० टन मकैको बीउ खरिद गरी रु ६२ लाख बराबरको बीउ जिल्ला बाहिर निकासी भएको सहकारीका व्यवस्थापक ठक्कर कठायतले बताए ।

जोरायल गाउँपालिका–१ गैरामा रहेको जैविक विविधता संरक्षण सहकारी संस्थाले पनि स्थानीय दुई सय ८० किसानले उत्पादन गरेको उन्नत जातको ३९ टन मकैको बीउ रु ४५ लाखमा जिल्ला बाहिर निकासी भएको संस्थाका व्यवस्थापक गणेश बिष्टले बताए ।

उनले जिल्लामा उत्पादन भएको मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट उन्नत जातको मकैको बीउ जिल्लाका विभिन्न सहकारीमार्फत धनगढी, चितवन, काठमाडौँ लगायत स्थानमा जाने गरेको बताए । किसानले उत्पादन गरेको मकैको बीउ स्थानीय तहमा रहेका कृषि शाखा र विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रमा पनि जाने गरेको विष्टले बताए ।

बडी केदार गाउँपालिका र जोरायल गाउँपालिकालाई मकै उत्पादनको पकेट क्षेत्रकारूपमा राखिएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ९ : ५९ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज