पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय : मन्त्री किराती | Khabarhub Khabarhub

पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय : मन्त्री किराती


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

४४औँ पर्यटक प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताएका हुन् । “पर्यटन विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्त्व छ, प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सबै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्छ”, उनले भने ।

पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवं नीति तयार गरी सोहीअनुरूप अगाडि बढ्नुपर्ने बताए। पर्यटन प्रवर्द्धन, विकास एवं समृद्धिमा सम्बद्ध निकायले आ–आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशील भई प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीको महत्त्वपूर्ण विशिष्टिकृत एकाइका रूपमा पर्यटक प्रहरीको स्थापना भई पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनीय भूमिका खेलेको बताए । पर्यटकलाई सेवा विस्तारसँगै उनीहरूको सुरक्षासँग सम्बन्धित विषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मसउँद आलम खाँ, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल, पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख सुगन्ध श्रेष्ठलगायतले पर्यटकलाई पर्ने समस्यामा पर्यटक प्रहरीेले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा मन्त्री किरातीले पर्यटक प्रहरीको गतिविधिसम्बन्धी भिडियोको शुभारम्भ गर्नुका साथै पर्यटक प्रहरीसँग सूचना सम्मलित पकेट डायरी विमोचन गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १० : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०