साउदीबाट एक महिलाको उद्दार « Khabarhub

साउदीबाट एक महिलाको उद्दार


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदीबाट एक महिलाको उद्धार गरी नेपाल फर्काइएको छ ।

करिब दश वर्ष अघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरुले अवैधानिकतवरले लामो समय घरेलु कामदारको रुपमा काम लगाई विगत चार महिना अगाडी एक रोजगारदाताले बिना जानकारी महावाणिज्य दूतावासको गेटमा अलपत्र अवस्था छोडिदिएको थियो ।

पीडित टंकमायालाई सुरक्षित नेपाल फिर्ती नहुन्जेलसम्म दूतावासले सेल्टरमा राखी नेपाल पठाउनका लागि आवश्यक पर्ने प्रक्रिया सुरु गरेको थियो । दूतावासबाट उनको एक्जिट भिसा तथा क्षतिपूर्तिको लागि पटक- पटक साउदी सरकारका विभिन्न निकायहरुमा लेखापढी तथा छलफल मार्फत गरिएको भए पनि क्षतिपूर्तिको पाउन नसकिएको दूतावासले जनाएको छ ।

उनको साउदी प्रवेश एवम् यहाँको कानुनी हैसियत सम्बन्धी रेकर्डको अभावमा एक्जिट भिसा प्राप्त गर्न नसकिएपछि दूतावासले साउदीको परराष्ट्र मन्त्रालयसँग छलफल गरी निरन्तरको प्रयासमा एक्जिट भिसा प्राप्त गर्न सफल भएको थियो ।

महावाणिज्य दूतावासको पहलमा गैर आवासीय नेपाली संघ(एनआरएनए) साउदीले नेपाल फिर्तीको लागि हवाई टिकट उपलब्ध गराएपछि बिहीबारको उडानमार्फत सुरक्षीतरुपमा नेपाल पठाइएको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ४८ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको