राष्ट्रिय सभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची « Khabarhub

राष्ट्रिय सभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्।

त्यसपछि राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सभाध्यक्षले सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची तय भएको छ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६ देखि ७७/७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मुल्यांकन प्रतिवेदन २०७९ संसदमा पेश गर्ने संसद सचिवालयले जनाएको छ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : १५ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि