विभिन्न रोगको घरेलु उपचार दालचिनी « Khabarhub

विभिन्न रोगको घरेलु उपचार दालचिनी

स्वास्थ्य शरीरका लागि दालचिनीको उपयोगिता


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दालचिनी प्राय सबैको भान्सामा सहजै पाइन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। सथै दालचिनी कयौं रोगको एउटै घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ। यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी, कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी गरेर विभिन्न प्रकार हुन्छन्। सिलोन दालचिनी अन्य दालचिनी भन्दा फरक हुन्छ। यो दालचिनी रुखबाट उत्पादन हुन्छ। सिलोन दालचिनीका विभिन्न फाइदा छन्।

क्यान्सरको जोखिम घटाउँछ
क्यान्सर रोगको उपचारमा मानिसले धेरै समय र ठूलो खर्च गर्नुपर्छ। तर, नियमित रुपमा मात्रा मिलाएर खाएमा दालचिनीले क्यान्सरको जोखिम घटाउँने चिकित्सकले बताएका छन्। सिलोन दालचिनी क्यान्सरका बिरामीका लागि एक आशाजनक घरेलु उपचार हुनसक्छ। यसमा क्यान्सरसँग लड्ने इन्जामका साथै एन्टीअक्सिडेन्ट, एन्टीइन्फ्लामेट्री र एन्टीमाइक्रोबियल गुण हुन्छ। यो सिलोन दालचिनीमा यी सबै गुण हुनु भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउनु हो। यसमा पाइने एन्टीअक्सिडेन्ट एंजाइम एक्टिविटीलाई बढाउँछ। जसले क्यान्सरलाई रोक्न सहयोग गर्छ।

उच्च रक्तचाप घटाउन सहयोगी
हरेक किसिमको दालचिनीमा एसिड पर्याप्त मात्रा हुने गर्छ। अध्ययनका अनुसार सिलोन दालचिनीको सेवन रक्तचापलाई कम गराउन लाभकारी मानिन्छ। मुटुसम्बन्धी विभिन्न समस्याको जोखिम घटाउन पनि दालचिनीको भूमिका महत्वपूर्ण हुन्छ।

मधुमहेका लागि निकै फाइदाजनक
मधुमेहका बिरामीका लागि सिलोन दालचिनी निकै फाइदाजनक मानिन्छ। यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ।

दालचिनी चियाको झन् धेरै फाइदा
कतिपय मानिसले दालचिनीको चिया खाने गरेको देख्नु भएकै होला। यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ। यो एक प्रकारको डिटक्स ड्रिंक पनि हो। जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ। विशेषज्ञका अनुसार दालचिनीको चिया बिहान खाली पेटमा सेवन गर्दा शरीरलाई फाइदा गर्छ। दालचिनी चिया विभिन्न तरिकाले बनाउन सकिन्छ।

– सबैभन्दा पहिले कुनै भाँडोमा पानी राख्ने। पानी दालचिनी र तुलसीको केही पात राख्ने।

– पानीलाई मध्यम आगोमा पाँचदेखि ६ मिनेटसम्म उमाल्ने। उक्त पानीलाई ढाकेर राख्ने।

– पानीलाई त्यो बेलासम्म उमाल्नुपर्छ, जबसम्म पानी सुकेर आधा हुँदैन।

– उक्त पानी गिलासमा राखेर स्वाद अनुसार कागतीको रस मिलाउने।

– स्वादको लागि पानीमा एक चम्चा मह पनि मिसाउन सकिन्छ। त्यसपछि दालचिनी चिया तयार हुन्छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ०७ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै