युक्रेनी सैनिकको सम्मानमा बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए « Khabarhub

युक्रेनी सैनिकको सम्मानमा बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लन्डन – प्रधानमन्त्री ऋषि सुनक रुसविरुद्धको लडाइँमा युक्रेनीहरूको बलिदानलाई सम्मान गर्न बिहान डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल भएका छन्।

सो अवसरमा प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन्।

‘हाम्रो महादेशमा युद्ध सुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु,’ सुनकले डाउनिङ स्ट्रिटमा जम्मा हुनु अघि भने, ‘युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक आफ्नो देशको रक्षार्थ लडेका छन्। यस भयानक द्वन्द्वमा बेलाइत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ।’

यसअघि प्रधानमन्त्री सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तर्राष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए। रूस र युक्रेन  बिच युद्ध सुरू भएको एक वर्ष नाघेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ५० बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ