माओवादी केन्द्रको ‘जनतासँग पार्टी अभियान’ आजदेखि « Khabarhub

माओवादी केन्द्रको ‘जनतासँग पार्टी अभियान’ आजदेखि


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ ।

सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न लागिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले बताइन्। उनका अनुसार केही दिनअघि बसेको प्रदेशको छैटौँ पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार प्रदेशमा अभियान चलाउने निर्णय गरेको हो ।

यस क्रममा पार्टीका सबै नेता, कार्यकर्ता दुई महिना जनता, सहिद परिवार, घाइते र बेपत्ता योद्धाका परिवारका बीचमा गएर पार्टी पुनःनिर्माणका बारेमा सुझाव लिनेछन् । अध्यक्ष गुरुङले भनिन्, “यो अभियान प्रदेशका १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य साथ पार्टी प्रदेश पदाधिकारीको प्रत्यक्ष कमाण्डमा एकैपटक सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा चल्नेछ । मुख्यगरी पार्टीको सबै शक्तिलाई जनतासँग जोड्ने र उनीहरूका सुझाव लिने उद्देश्य अभियानको हो ।”

माओवादीले अभियानका लागि ‘टिप्पणी सुझाव र सङ्गठनका लागि नेता, कार्यकर्ता र जनतासँग भेट गरौँ, विचार र नेतृत्वका आधारमा सङ्गठित तागत निर्माण र समृद्धिमा जोड गरौँ’ भन्ने नारा अघि सारेको छ । दुई महिनाको अभियानमा माओवादीले स्थानीय तह जितेका ठाउँमा पार्टीको चुनावी प्रतिबद्धतासहितको समाजवादको आधार तयार पार्ने योजना लागू गर्न योजनाबद्ध काम गर्ने, विजय हासिल नभएका ठाउँमा जनताका समस्या हल गर्न पालिकाहरूमा पहल गर्ने भएको छ ।

यसैगरी जनयुद्धका पूर्णकालीन र पार्टीका एकता भएपछि सबै पुराना छुटेका कार्यकर्ताहरूसँग र जेल हिरासतमा परेकाहरूको सूची तयार पारी घर–घरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनःसङ्गठित गर्ने अभियानको योजना रहेको माओवादीले जनाएको छ ।

पालिकाहरूमा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने र विज्ञहरूसँगसमेत छलफल गरी दुईमहिने अभियान सफल बनाउन प्रदेश पार्टी फिल्डमा लागेको अध्यक्ष गुरुङले बताइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ०० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको