चुरेकाछमा जङ्गली हात्तीको त्रास | Khabarhub Khabarhub

चुरेकाछमा जङ्गली हात्तीको त्रास


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जङ्गली हात्तीको त्रास छाएको हो ।

शनिबार बिहान झिसमिसेमा सिन्धुलीतर्फको रानीबास बस्तीमा जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएपछि चुरेकाछका बस्तीमा त्रास छाएको छ । चुरेपारिको जोडिएकै बस्तीमा हात्तीको उपद्रो बढेपछि महोत्तरीका पर्साहीधाप, रजबास, कालापानी, धनुषाका तुलसी, विसम्भर, बाहुनमारा र लोहटासहितका बस्तीमा सर्वसाधारण कामविशेषले हिँडडुल गर्न पनि छाडेका छन् ।

‘ऊ त्यहीँ पारि मान्छे मार्‍यो, कसरी सुत्न सकिन्छ ?’ बर्दिबास–३ रजबासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले भने, ‘जङ्गली हात्तीको त्रासले मान्छे घरबाट निस्कन छाडेका छन्।’ हात्तीको आक्रमणमा मान्छे मरेपछि हिजो शनिबार दिनभरि बर्दिबास–कटारी रुटमा कुनै सवारी साधन चलेनन् ।

बर्सेनि चुरेकाछका बस्तीमा जङ्गली हात्तीको उपद्रव हुँदै आएको छ । खेतबारीको बालीनाली माडेर नोक्सान गर्ने, पराल राखेका माच लडाउने, केराका थाम उखेल्ने र काठेघर लडाउनेसम्मका हात्तीको उपद्रव खेप्दै आइएको काछवासी बताउँछन् । कहिले एउटै र धेरैजसो तीन वटाको सङ्ख्यामा पछिल्लो एक दशकयता बर्सेनिजसो जङ्गली हात्तीको उपद्रो चुरे क्षेत्रमा हुँदै आएको छ । यसपालि पछिल्लो तीन–चार दिनयता एउटै हात्ती बस्ती पस्ने गरेको सर्वसाधारणले बताएका छन् ।

दिनभरि घना जङ्गलभित्र लुक्ने हात्ती मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । शनिबार पनि बिहान कुखुरा बास्ने बेलातिर हात्तीले रानीबासमा मान्छे मारेको हो। सर्वसाधारण त्रासमा भएका बेला डिभिजन वन कार्यालय सिन्धुलीले अहिले बस्ती पस्ने गरेको हात्तीलाई शनिबार लट्टिने औषधि प्रयोग गरिएको जनाएको छ । बस्ती पसेको हात्तीले मिथिला नगरपालिकाको ढल्केवर माथिल्लो बस्तीमा तीन जनालाई  पछारेर मारेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ४१ बजे

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।