पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जना पक्राउ « Khabarhub

पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जना पक्राउ


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिवर्तन गरेर बिक्री गर्नेलाई समेत पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत् आज उनीहरुलाई सार्वजनिक गरिएको छ ।

तेह्रथुमको आठराई गाँउपालिका–४ शिवकुमार तामाङ, श्रीप्रसाद तामाङ, पविन इङ्नाम, सुरज पुर्वछाने मगर, वासुदेव तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका ऐनमान दियाली, इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : ५६ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६