वामपन्थीबीच एकता आवश्यक : सम्माननीय नेता खनाल | Khabarhub Khabarhub

वामपन्थीबीच एकता आवश्यक : सम्माननीय नेता खनाल


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता झलनाथ खनालले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् ।

आज सुर्खेत पुगेका नेता खनालले पत्रकारसँगको कुराकानीका क्रममा सबै दलको केन्द्रविन्दु सत्ता मात्र भएको टिप्पणी पनि गरेका छन् । उनले भने, “पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए ।’’

नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउँदै नेता खनालले पछिल्लो गठबन्धनबाट गुणात्मक परिवर्तन आश गर्न नसकिने तर्क गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, “देश जसरी अगाडि बढेको छ, यो कतिबेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिँदैन ।” राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ०४ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार