वामपन्थीबीच एकता आवश्यक : सम्माननीय नेता खनाल « Khabarhub

वामपन्थीबीच एकता आवश्यक : सम्माननीय नेता खनाल


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता झलनाथ खनालले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् ।

आज सुर्खेत पुगेका नेता खनालले पत्रकारसँगको कुराकानीका क्रममा सबै दलको केन्द्रविन्दु सत्ता मात्र भएको टिप्पणी पनि गरेका छन् । उनले भने, “पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए ।’’

नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउँदै नेता खनालले पछिल्लो गठबन्धनबाट गुणात्मक परिवर्तन आश गर्न नसकिने तर्क गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, “देश जसरी अगाडि बढेको छ, यो कतिबेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिँदैन ।” राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ०४ बजे

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७