खेलकुदको विकासका लागि सबैको अपनत्व आवश्यक : मुख्यमन्त्री शर्मा « Khabarhub

खेलकुदको विकासका लागि सबैको अपनत्व आवश्यक : मुख्यमन्त्री शर्मा


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रको विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उनले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारणसभा पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको हो । साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरी करिब एक सय जना प्रतिनिधिको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिए । उनका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् ।

साधारणसभाको बन्दसत्रमार्फत वार्षिक कार्ययोजना प्रस्तुत, नीति निर्माण र समीक्षा गरी आगामी कदमका बारेमा निर्णय लिइने अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना