खेलकुदको विकासका लागि सबैको अपनत्व आवश्यक : मुख्यमन्त्री शर्मा « Khabarhub

खेलकुदको विकासका लागि सबैको अपनत्व आवश्यक : मुख्यमन्त्री शर्मा


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रको विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उनले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारणसभा पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको हो । साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरी करिब एक सय जना प्रतिनिधिको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिए । उनका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् ।

साधारणसभाको बन्दसत्रमार्फत वार्षिक कार्ययोजना प्रस्तुत, नीति निर्माण र समीक्षा गरी आगामी कदमका बारेमा निर्णय लिइने अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ४६ बजे

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो