तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउनेछु : प्रधानमन्त्री « Khabarhub

तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउनेछु : प्रधानमन्त्री


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताएका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास निर्माणका ठूला परियोजना र सुशासनमार्फत आफ्नो तेस्रो कार्यकाल आगामी पुस्ताले सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

“नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी सङ्कटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठूलो दायित्व वर्तमान सरकारको काँधमा छ”, उनले भने, “सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ मैले त्यसको थालनी गरिसकेको छु ।” प्रधानमन्त्री दाहालले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै संसद्मा आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए ।

उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको बताए । देशमा सुशासन स्थापना गर्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनावश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्ययी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले अबको बाँकी जीवन सुशासन तथा समृद्धिका निम्ति र देशको विकासका निम्ति खर्च गर्ने प्रतिबद्धता दोहो¥याउँदै त्यसका लागि सबै नेपाली जनताको साथ चाहिएको उल्लेख गरे । फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागि परेको बताए । “अहिले पनि नेकपा (एमाले) सँग लगातार कुरा भइरहेको छ”, प्रधानमन्त्री दाहालले भने, “२५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ, त्यो कोसिस पनि हामी गरिरहेका छौँ ।”

उनले त्यसो हुन नसके पनि नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले निर्वाचनमा मत माग्ने क्रममा गोरखाका कच्ची सडकलाई स्तरोन्नति गर्ने, कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजाने बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ०९ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको