एथलेटिक्सले ट्रान्सजेन्डरलाई मानेन महिला | Khabarhub Khabarhub

एथलेटिक्सले ट्रान्सजेन्डरलाई मानेन महिला


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वर्ल्ड एथलेटिक्सले ट्रान्सजेन्डरलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसले कास्टर सामान्यालाई अर्को ६ महिना ट्रकबाहिर राख्ने छ। यसलाई परिमार्जन गर्दै वर्ल्ड एथलेटिक्सले पनि पौडीले जस्तै नयाँ नियम लागु गर्न सक्ने छ। पौडीले महिलाबाट पुरुष भएमा पनि पुरुष स्पर्धा तथा पुरुषबाट महिलामा परिवर्तन भएमा पनि पुरुषकै रूपमा प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान छ।

अहिले कुनै पनि त्यस किसिमका धावक माथिल्लो तहको प्रतिस्पर्धामा सहभागी भइरहेका छन्। अहिलेको यो निर्णयले माथिल्लो तहका १३ खेलाडीलाई असर गर्न सक्ने छ। सामान्य लगायत १३ खेलाडीले बिना कुनै अवरोध माग लिन पाउने अवस्था थियो। अबको नयाँ नियमले उनी ६ महिना उपचारमा बिताउनु पर्ने बाध्यता छ।

शरीरमा रहेको टेस्टोस्टोराइनको मात्रा मापन गरेर यो सबै निर्णय गरिने जनाइएको छ। यो नयाँ प्रावधान ३१ मार्चदेखि लागु हुनेछ। ‘बहुसङ्ख्यक ट्रान्सजेन्डरले महिलाको स्पर्धामा सहभागिता जनाउन पाउने छैनन्,’ वर्ल्ड एथलेटिक्सका प्रमुख सेबास्टिन कोयले भने। उनले धेरैलाई बयोलोजिकल महिला भन्दा ट्रान्सजेन्डरमा महत्त्वपूर्ण लाभ हुनसक्छ भन्ने कुरामा विश्वास हुन कठिन भएको समेत बताए। उनले अहिलेको निर्णय एथलेटिक्सका लागि आवश्यकसमेत रहेको बताए।

अहिलेको यो निर्णयले माथिल्लो तहका १३ खेलाडीलाई असर गर्न सक्ने छ। सामान्य लगायत १३ खेलाडीले बिना कुनै अवरोध माग लिन पाउने अवस्था थियो।

‘यसमा थप सल्लाह अगाडि बढाउनका लागि हामी महिला खेलाडीको धारणा लिने छौं,’ कोले भने। कोकै अनुसार ट्रान्सजेन्डरका लागि थप केही अवसर भने छ। एक लिटर रगतमा २.५ नानोमोल्स भन्दा कम टेस्टोस्टोराइन भएमा २४ महिनासम्म महिला स्पर्धामा सहभागिताको अवसर पाउने छन्।

वर्ल्ड एथलेटिक्स काउन्सिलमा भएको मतदानमा डिफेरेन्ट इन सेक्स डेभ्लपमेन्ट (डीएसडी)को हकमा कडा नियमको पक्षमा मतदान भएको थियो। अहिले धेरै खेलाडीको रगतमा टेस्टोस्टोराइनको मात्रा ५ नानोमोल्स प्रति लिटर छ।

संसारमा रहेका डीएसडी महिला खेलाडी मध्ये सबैभन्दा परिचित दक्षिण अफ्रिकाकी कास्टर सामन्या हुन्। उनी अहिले लामो दुरीको रेसको तयारीमा छिन्। गत वर्ष भएको विश्व च्याम्पियनसिपमा उनले पाँच हजार मिटर दौडमा १३ औं स्थान पाएकी थिइन्।

अर्को वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदमा सहभागिता जनाउनका लागि उनले ६ महिना लामो हर्मोन सप्रेसिङ उपचार गर्न आवश्यक छ। उनले पुरानो नियम अनुसार एक दशक अगाडि नै उपचार गराएकी थिइन्।

यो निर्णयमा धेरै विवाद हुने सम्भावना देखिएको छैन। वर्ल्ड एथलेटिक्सले ग्लोबल एथलेटिक्स कोचेस एकेडेमी, खेलाडी, ट्रान्सजेन्डरको प्रतिनिधि तथा मानव अधिकारवादी सहितको संयुक्त भेला राखेर सो निर्णय गरेको हो।

सबै जना यसमा खुसी छन् भन्ने चाहिँ होइन। यो निर्णयको केही एलजीबटीक्युसँग सम्बन्धित केही समूहले विरोध गरिरहेका छन्। उनीहरूले यसलाई भेदभाव पूर्ण निर्णयको संज्ञा दिएका छन्। ‘हामीले बुझे अनुसार वर्ल्ड एथलेटिक्स समावेशीकरण, निष्पक्षता तथा भेदभाव रहित सिद्धान्तको बदलामा राजनीतिक दबाबले निर्णय गर्न पुगेको छ,’ अभियन्ता समूह एथलेट एलाइका कार्यकारी प्रमुख हडसन टेलरले भने।

जनवरीमा सान एन्टेनियोमा एउटा समूह भेला भएर कलेजको एनसीसीए प्रतियोगितामा ट्रान्सजेन्डरलाई सहभागितामा रोक लगाउँदै विरोध प्रदर्शन गरेका थिए। यसरी विरोध गर्नेले ट्रान्सजेन्डर महिलामा पुरुषको तुलनामा बढी शारिरिक क्षमता भएको जिकिर गरिएको थियो।

टेलरले महिलाको हकमा प्रमाणित भेदभावको विषयमा ध्यान दिन छाडेर यो निर्णय गरिने आश्चर्यजनक हो। पुरस्कार र पारिश्रमिकमा असमानता, यौन हिंसा नेतृत्वमा तथा नेतृत्वमा महिलाको कम सहभगितालगायत विषयमा मौन रहँदै प्रमाणित नै नभएको विषयलाई आधार बनाएर यो निर्णय गरिएको छ।

बेलायतमा गे, लेस्बीयन, बायो सेक्सुयल र ट्रान्सजेन्डरको अधिकारका लागि च्यारीटी गरी रहेको संस्था स्टोनवालले यो निर्णय गलत भएको बताएको छ। ‘ट्र्याक एन्ड फिल्ड इभेन्टमा वर्ल्ड एथलेटिक्सले ट्रान्स महिला माथि भेदभावमूलक कानुन लगाएको छ’, स्टोनवालके विज्ञप्तिमा उल्लेख छ‘। उनीहरूको विज्ञप्तिमा यस प्रतिबन्धलाई सही प्रमाणित गर्ने कुनै आधार नै छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन बञ्चित खेलाडीको पक्षमा हामी उभिने छौं।’

गएका केही वर्ष यता ट्रान्सजेन्डरको सहभागिता अन्तर्राष्ट्रिय क्षेत्रमा विवादको विषय बन्दै आएको थियो। गत जनवरीमा सान एन्टेनियोमा एउटा समूह भेला भएर कलेजको एनसीसीए प्रतियोगितामा ट्रान्सजेन्डरलाई सहभागितामा रोक लगाउँदै विरोध प्रदर्शन गरेका थिए। यसरी विरोध गर्नेले ट्रान्सजेन्डर महिलामा पुरुषको तुलनामा बढी शारिरिक क्षमता भएको जिकिर गरिएको थियो।

सबै भन्दा नाम चलेका ट्रान्सजेन्डर खेलाडी विश्वविख्यात रहेको देश अमेरिका हो। बास्केटबल स्टार ब्रेटनी गीनर्स यसको मुख्य उदाहरण हुन। उनलाई सर्वकालीन उत्कृष्ट महिला बास्केटबल खेलाडीको रूपमा लिइन्छ।

विज्ञानले भने त्यस तथ्यलाई प्रमाणित गरेको छैन। सन् २०१७ मा प्रकाशित एक रिपोर्टका अनुसार ट्रान्सजेन्डरमा बढी शारिरिक क्षमता भएको कुनै प्रमाणित भएको छैन। यसले अनुहारको आधारमा मात्र बढी भेदभाव भएको ठहर गर्ने जिकिर धेरै जनाको विगतमा नै थियो।

वैज्ञानिक समुदायमा एन्ड्रेजेनिक हार्मोनका कारण ट्रान्सजेन्डरमा हुने लाभको बारे अध्ययन भइ नै रहेको छ। वर्ल्ड एथलेटिक्सले पछिल्लो १२ महिनामा केही शक्ति बढी हुने तथ्य फेला पारेको हो।

वर्ल्ड एथलेटिक्स भन्दा अगाडि नै अमेरिकाका केही राज्यमा २०२२ को मेमा नै यो निर्णय भएको थियो। अमेरिकाका १० भन्दा बढी राज्यले ट्रान्सजेन्डरलाई प्रतिबन्ध लगाएका थिए।

सबै भन्दा नाम चलेका ट्रान्सजेन्डर खेलाडी विश्वविख्यात रहेको देश अमेरिका हो। बास्केटबल स्टार ब्रेटनी गीनर्स यसको मुख्य उदाहरण हुन। उनलाई सर्वकालीन उत्कृष्ट महिला बास्केटबल खेलाडीको रूपमा लिइन्छ।

यसका अलावा पौडी स्टार एरिका सुलेभानले पनि गत वर्ष नै आफूलाई ट्रान्स जेन्डर घोषित गरेकी थिइन। यो क्रम संसारका अन्य देशमा पनि छ। गत वर्षको ओलम्पिकमा क्यानडाले सनसनी फैलाउदैं महिला फुटबलको स्वर्ण पदक जितेको थियो। त्यसै टोलीमा क्विन पनि थिइन्। उनी ओलम्पिक स्वर्ण पदक जित्ने पहिलो ट्रान्सजेन्डर भएकी हुन्। उनले स्वर्ण जितेको अर्को दिन ब्रेटनी गीनर्सले पनि स्वर्ण पदक जितिन्।

 वर्ल्ड एथलेटिक्सले लागू गरेको यो नियम अन्य खेल सङ्घका लागि पनि बहसको विषय हुन सक्छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पनि यो बहसको विषय बन्न सक्ने सम्भावना छ।

उनले संसारका अन्य मानिस जस्तै आफूहरूको पनि खुसीयाली बनाउने अधिकार रहेको जिकिर गरेकी थिइन्। यसैगरी अमेरिकाकी जाइया सालुवा विश्वकप छनोट खेल्ने पहिलो ट्रान्सजेन्डर महिला फुटबलर भएकी थिइन्। न्युजील्यान्डका भारोत्तोलन खेलाडी लाउरेन होजार्ड अर्का नाम चलेका ट्रान्सजेन्डर खेलाडी हुन्।

सायद वर्ल्ड एथलेटिक्सले लागू गरेको यो नियम अन्य खेल सङ्घका लागि पनि बहसको विषय हुन सक्छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पनि यो बहसको विषय बन्न सक्ने सम्भावना छदै छ। सायद यसको बारेमा थुप्रै बहस र अध्ययन त हुने नै छ।
स्रोत : सीएनएन, अल जजीरा,सीबीसी न्युज

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ३२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न