आइटेक दिवसमा भारतीय दूतावासको कार्यक्रम सम्पन्न  « Khabarhub

आइटेक दिवसमा भारतीय दूतावासको कार्यक्रम सम्पन्न 


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राजदूतावास, काठमाडौँले ५८औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवसका अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ। इण्डिया हाउस परिसरमा शुक्रबार आयोजित समारोहमा वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढीको उपस्थिति रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाल लगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरू माझ पुर्‍याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरेका थिए । त्यस क्रममा उनले यो वर्ष नेपालका लागि भारतले रेलमार्ग लगायतका विषयमा नयाँ कोर्सको सुरुवात गर्नेबारे विचार गरिरहेको पनि सुनाए।

नजिकको छिमेकी भएको नाताले विगत केही दशकदेखि भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रूपमा रहेको छ । गएको पन्ध्र वर्षमा मात्रै नेपालका दुई हजारभन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ । यसपटक पनि नेपाल मेडिकल एसोसिएसनबाट ४५ जना चिकित्सक,निर्वाचन आयोगबाट २९ जना अधिकारीसहित करिब २०० जना नेपाली सरकारी कर्मचारी, स्वास्थ्य तथा  कानुन व्यवसायी, निर्वाचन अधिकारी तथा रक्षा अधिकारीले सन् २०२२–२०२३ मा आइटेक कोर्सको तालिम लिएका छन् ।

भारतको प्रयासको एक हिस्साको रूपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नपुर्‍याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएको छ ।

भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरूमाझ पुर्‍याइ त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्‍याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रूपमा काम गर्दै आएको बताइन्छ । सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्‍याउँदै आएको दाबी गरिएको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, सहायक रथी पूर्ण बहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अलम्नाइहरुले भारतमा रहँदाका दिनहरुको सम्झना गरेका थिए । सो अवसरमा भारतीय राजदूतावास,स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : २३ बजे

जेनजी आन्दोलनका सहिद : बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको