किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान « Khabarhub

किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ ।

कम्तीमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसानलाई गोठ सुधारमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायीक रुपमा गाइभैंसी पालन गर्दै आएका, पशुफर्म दर्ता गरी नगरपालिकामा सूचीकृत भएका किसानबाट आवेदन माग गरिएको नगरपालिका पशु शाखा प्रमुख शिवबावु देवकोटाले बताए । एकजना किसानलाई गोठ सुधारका लागि नगरपालिकाले ४० हजार रुपैयाँ अनुदान दिइनेछ । गोठसुधार कार्यक्रम नगरपालिका र कृषकको ५०/५० प्रतिशत साझेदारी रहने छ । उक्त कार्यक्रमका लागि नगरपालिकामा ३८ जना कृषकले आवेदन दिएका थिए।

आवेदन परेका पशुफर्मको अनुगमन समितिले स्थलगत अध्ययन गरी १२ जना कृषकलाई छनौट गरेको नगरपालिकाले जनाएको छ । गतवर्ष कुनै पनि अनुदानको कार्यक्रममा सहभागी नभएका, परम्परागत भन्दा पनि व्यवसायीक रुपमा, पशुफर्म दर्ता गरी नगरपालिकामा सूचीकृत भएका किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदानका लागि छनौट गरिएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।

गोठ सुधार कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा गोठ सुधार, काउ म्याट वितरण, च्यापकटर, क्यान वितरण, मासु पसल सुधार कार्यक्रम, लोकलकुखुरा संरक्षण लगायतमा अनुदान दिएको सुयलले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ३३ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार