कराते महासङ्घको अध्यक्षमा दोहोरिए लामा « Khabarhub

कराते महासङ्घको अध्यक्षमा दोहोरिए लामा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भरतपुर – नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन् । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भए । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् ।

सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चुनिए । अध्यक्ष लामाले पुनः सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन् ।

छयात्तर जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । विसं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ४० बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी