‘कान्तारा २’ ले चार सय करोड कमाएपछि ऋषभले मागे सय करोड पारिश्रमिक « Khabarhub

‘कान्तारा २’ ले चार सय करोड कमाएपछि ऋषभले मागे सय करोड पारिश्रमिक


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

मुम्बई- कन्नड सुपरस्टार ऋषश शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को ब्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् ।

निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रूपमा झन्डै ४ सय करोड बढी कमाई गरेको थियो । फिल्मको प्रिक्वेलको तयारी भइरहँदा ऋषभले निर्मातासँग सय करोड पारिश्रमिक मागेका छन् ।

फिल्मको पहिलो भाग कन्नड दर्शकलाई ध्यानमा राख्दै निर्माण गरिएको थियो । सोही कारण फिल्मको बजेट पनि कम थियो । फिल्म रिलिज हुनासाथ यसको कथाबाट अन्य फिल्म उद्योगका मानिस पनि प्रभावित भएपछि अर्को भाषामा डब गरेर रिलिज गरिएको थियो ।

‘कान्तारा’का लागि ऋषभले ५ करोड मात्र पारिश्रमिक लिएका थिए । उनले लेखन, निर्देशनको कामसमेत गरेका थिए । फिल्म ब्लकबस्टर भएपछि निर्माताले ठूलो बजेटमा प्रिक्वेल बनाउने तयारी गरिरहेका छन् । त्यही कारण ऋषभले पनि पारिश्रमिक सय करोड मागेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : १७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले