'कान्तारा २' ले चार सय करोड कमाएपछि ऋषभले मागे सय करोड पारिश्रमिक | Khabarhub Khabarhub

‘कान्तारा २’ ले चार सय करोड कमाएपछि ऋषभले मागे सय करोड पारिश्रमिक


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

मुम्बई- कन्नड सुपरस्टार ऋषश शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को ब्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् ।

निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रूपमा झन्डै ४ सय करोड बढी कमाई गरेको थियो । फिल्मको प्रिक्वेलको तयारी भइरहँदा ऋषभले निर्मातासँग सय करोड पारिश्रमिक मागेका छन् ।

फिल्मको पहिलो भाग कन्नड दर्शकलाई ध्यानमा राख्दै निर्माण गरिएको थियो । सोही कारण फिल्मको बजेट पनि कम थियो । फिल्म रिलिज हुनासाथ यसको कथाबाट अन्य फिल्म उद्योगका मानिस पनि प्रभावित भएपछि अर्को भाषामा डब गरेर रिलिज गरिएको थियो ।

‘कान्तारा’का लागि ऋषभले ५ करोड मात्र पारिश्रमिक लिएका थिए । उनले लेखन, निर्देशनको कामसमेत गरेका थिए । फिल्म ब्लकबस्टर भएपछि निर्माताले ठूलो बजेटमा प्रिक्वेल बनाउने तयारी गरिरहेका छन् । त्यही कारण ऋषभले पनि पारिश्रमिक सय करोड मागेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : १७ बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।