राजनीति

राष्ट्रपति पौडेलद्वारा गोरखकाली मन्दिरमा पूजा  

By खबरहब

March 26, 2023

गोरखा – राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेर त्यहाँको प्रसिद्ध गोरखकाली मन्दिरमा पूजा गरेका छन् ।

राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर निस्केका उनको पहिलो भ्रमण गोरखा भएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान करिब १० बजे गोरखा आइपुगेका उनले दरबार क्षेत्र अवलोकन गर्दै  गोरखकालीको मन्दिरमा पूजा गरेका हुन्। प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेर उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।