यस वर्षको दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई दिइने | Khabarhub Khabarhub

यस वर्षको दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई दिइने


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित पुरस्कारको राशि रु २५ हजारसहित सम्मानपत्र रहेको छ ।

यही चैत मसान्तभित्र केन्द्रकै वार्षिक प्रकाशन ज्ञानविन्दु अङ्क १४ समेतको लोकार्पण समारोहमा उनलाई अर्पण गरिने केन्द्रले जनाएको छ । सो पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी र पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसकेको केन्द्रले जनाएको छ ।

स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयका ज्ञाता हुन् भने स्व नन्दकुमारी उनकी धर्मपत्नी ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : ४२ बजे

वादी समुदायका घरघरमा पुगे खानेपानीका धारा

नौमूले– घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय

सहकारीमा कालोधन थन्क्याएकाहरू गायब !

काठमाडौं – सङ्घीय राजधानी काठमाडौंको बुद्धनगरमाा रहेको वैदेशिक रोजगार विभागको

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट

काठमाडौं- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण

उत्तर कोरियाले बनायो ड्रोन, कीमले गरे अनुगमन

काठमाडौं– उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । राज्यको

एमाले महासचिव पोखरेलको तर्क- जनताको भरोसा ठूला दलमै छ

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी