राष्ट्रपति पौडेलद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।

आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुगेका राष्ट्रपति पौडेलले गोरखनाथ र गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । उनलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराएका थिए ।

गोरखकाली मन्दिरको पूजा सकेलगत्तै राष्ट्रपति पौडेलले सँगै रहेको गोरखनाथ मन्दिरमा पनि पूजा गरेका हुन् । मन्दिरमा पूजा गरेर फर्किएरपछि उनले गोरखा सदरमुकामस्थित ठूलो आँगनमा रहेको नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसमेत गरे ।

उनले आज नै ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालयकोसमेत अवलोकन गरेका छन् । दरबार सङ्ग्रहालयको अवलोकनका क्रममा त्यहाँ रहेका स्थानीयसँग पनि केहीबेर राष्ट्रपति पौडेलले कुराकानी गरेका थिए । राष्ट्रपति पौडेल आजै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ फर्केका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : ४८ बजे

शान्तिले प्रवासबाट ल्याइन् हाइकु, मुक्तक र गीतसहितको ‘कस्तुरी यात्रा’

सुनसरी– बेलायतलाई कर्मथलो बनाएकी शान्ति लिम्बु खिम्दिङ मातृभूमि नेपालको नोस्टालजियालाई

वेभसिरिज ‘कुटुम्ब’ प्रशारण सुरु 

काठमाडौं– नयाँ वेबसिरिज ‘कुटुम्ब’को प्रशारण सुरु भएको छ ।  शनिबारबाट

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै उपस्थित 

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तरवार्तामा ५ जनामध्ये ३

प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)

नैतिकताको कसीमा कुलमान, उद्योगीहरूलाई प्रतिवेदन कार्यान्वयन नहुने डर

काठमाडौं- ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ महसुल विवादका सन्दर्भमा जाँचबुझ