पिम्पल हटाउने विधि हाइड्राफेसियल « Khabarhub

पिम्पल हटाउने विधि हाइड्राफेसियल


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय युवायुवती आफलाई आकर्षक देखिन बजारमा भएमा विभिन्न प्रकारका कस्मेटिक सामान प्रयोग गर्ने गर्दछन्। आकर्षक देखिनको लागि विभिन्न प्रकारका फेसियल र उपचारलगायत धेरै कुरामा उनीहरुको ध्यान गएको देखिन्छ। यसैमध्ये एउटा हो हाइड्राफेसियल। यो पछिल्लो समय युवायुवतीमा निकै लोकप्रिय रहेको छ। हाइड्राफेसियलको प्रयोगले अनुहारमा भएका चायाँ, पोतो, कालो दाग, ग्रेड एक डन्डिफोर (साना कनिका जस्ता दाना), फाइन लाइनस्, ओपन पोर्सआदि जस्तो समस्यालाई हटाउन सकिन्छ। के के छन् त हाइड्राफेसियलका फाइदा ? यो कसरी गरिन्छ ? यसै विषयमा आधारित रहेर खबरहबका लागि अल्का अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. राजन बात्स्यासँग गरिएको कुराकानीको सम्पादित अंश :

हाइड्राफेसियल के हो ?
सामान्यतया पानीबाट गर्ने ट्रिटमेन्टलाई हाइड्राफेसियल भनिन्छ। यसमा छाला सफा गर्ने र मरेका सेललाई निकाल्ने काम गरिन्छ। यसले छाला स्वस्थ, चम्किलो र आकर्षक बनाएर राख्न मद्दत गर्छ। हाइड्राफेसियल गर्ने जुन पानी हुन्छ त्यो पानीमा विशेष किसिमको पानीहरू मिलाएको हुन्छ। त्यसमा कुन ठाउँमा गर्ने भनेर ठाउँ छुट्टाएर आँखाको वरिपरि गरिन्छ। त्यो केमिकलको बारेमा पुरै नलेज (ज्ञान) भएकोले र अनुभव भएको मान्छेले मात्र गर्दा राम्रो हुन्छ। हाइड्राफेसियलमा एउटा मेसिन हुन्छ। त्यसले मसाज गर्नुपर्छ र यसले ब्लड सर्कुलर मिलाउँछ। धेरै पार्लरमा हातले फेसियल गरेको पनि पाइन्छ। मेसिनले मसाज गर्दा राम्रो हुन्छ।

हाइड्राफेसियल कसले गर्न मिल्छ र गर्न मिल्दैन ?
आफ्नो छालामा कुनै रोग छ भने त्यो बेला कसैले हाइड्राफेसियल गर्नु हुँदैन। नभए यो सबै उमेरका र आकर्षक देखिन मन लाग्ने मान्छेले गर्दा हुन्छ। छाला घाममा जोगिन नसक्ने मान्छेले पनि गर्न मिल्छ। कोही गर्भवती वा स्तनपान गराउँदै भएकोले हाइड्राफेसियल गर्नु हुँदैन। छालामा कुनै स्किनमा रोग छ र कुनै औषधि खाँदै गरेको मान्छेले गर्न मिल्दैन।

एक जनाको अस्पतालमा हाइड्राफेसियल गर्न कति समय लाग्छ ?
सामान्यतया अस्पतालमा हाइड्राफेसियलको समय कम्तिमा १५ देखि २० मिनेटसम्म लाग्छ। हाम्रोमा हाइड्राफेसियल गरेको २५ सयदेखि चार हजार रुपैयाँसम्म लाग्छ।

हाइड्राफेसियलका फाइदा के के हुन् ?
– हाइड्राफेसियल गर्दा अनुहारमा भएका चायाँ, पोतो, कालो दाग, ग्रेड एक डन्डिफोर (साना कनिका जस्ता दाना), फाइन लाइनस् आदि जस्तो समस्यालाई हटाउन सकिन्छ।
– यसले पिम्पल हटाउन धेरै मद्दत गर्दछ।
– शारीरिक तनावका कारण छालामा आउने टुट–फुट वा समस्याबाट छुटकारा पाउने राम्रो प्रविधिका रूपमा हाइड्राफेसियलको प्रयोग गर्न सकिन्छ।
– प्रदूषणले गर्दा छालाका छिद्रहरू बन्द हुन्छन्। त्यसमा अशुद्धता जम्मा हुन्छ। त्यो अशुद्धता सबै हाइड्रोफेसियलद्वारा छिटो र सजिलै हटाउन सकिन्छ।
हाइड्राफेसियल गरेपछि छालाको हेरचाह कसरी गर्ने त ?
हाइड्राफेसियल गरेपछि छालाको हेरचाहको लागि छुट्टै विधि हुँदैन। सामान्य ढंगले नै छालाको हेरचाह गर्न सकिन्छ। विशेष रुपमा हाइड्राफेसियल गरेपछि छालाको हेरचाहलाई निम्न बुँदाम व्याख्या गर्न सकिन्छ।

नियमित केयर गर्ने
छालाको नियमित केयर गर्नुपर्छ। नियमित रूपमा सनस्क्रिन, मोइस्चराइजÞर र सिरमको प्रयोग गर्नु राम्रो हुन्छ।
घाममा धेरै नजाने गर्दा राम्रो हुन्छ।
धेरै घाममा जाँदा पनि छाला ड्यामेज हुनसक्छ। घाममा जाँदा छालाको केयर गर्नैपर्छ।

समय समयमा उपचार गर्ने
एक पटक हाइड्राफेसियल गरेपछि नियमित भिटामिन लगाउँदा एक महिनाको फरकमा अर्को पटक हाइड्राफेसियल गर्दा निकै राम्रो हुन्छ।

पानी खाने
छालाको केयर गर्ने सबैभन्दा सजिलो र महत्त्वपूर्ण कुरा भनेको पानीको प्रशस्त मात्रामा सेवन गर्नु नै हो। पानीको कामीले हाम्रो छाला निकै बिगार्छ। धेरै कोक, फेन्टाहरु खानु हुँदैन। यसले पनि छाला बिग्रिन सक्छ।

साबुनको कम प्रयोग गर्ने
धेरै नुहाउने मान्छेले सधैं साबुन प्रयोग गर्नु हुँदैन। नुहाउन साथ छालामा बढी लोसन लगाउने गर्दा धेरै राम्रो हुन्छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ०४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई