पुनः चुनाव लड्ने वाइडेनको घोषणा « Khabarhub

पुनः चुनाव लड्ने वाइडेनको घोषणा


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।

उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन्।

चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि सो लडाइँ जारी रहेकाले पुनः नेतृत्वमा आउन चाहेको बताएका छन् । दोस्रो कार्यकालमा सो कामले पूर्णता पाउने उनको भिडियो सन्देशमा उल्लेख छ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए।

आ–आफ्नो पार्टीबाट मनोनयन जित्न सकेमा २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो पटक वाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ। फेरि प्रतिस्पर्धामा उत्रन लागेका ८० वर्षीय वाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन्।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ३५ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने