राष्ट्रियसभा बैठक : शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न प्रस्ताव « Khabarhub

राष्ट्रियसभा बैठक : शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न प्रस्ताव


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे राजनीतिप्रति जनतामा निराशा बढ्न भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे स्थिति अकल्पनीय हुने भन्दै उनले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने, सांसद वा मन्त्री तीनपटक र दलको अध्यक्ष दुईपटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने मौखिक प्रस्ताव गरे । 

निर्वाचन प्रणाली सुधार्नुपर्ने बताउँदै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक व्यवस्था गर्नुपर्ने बताए । विद्यमान समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्षमै मिलाउनु पर्नेमा जोड दिएका उनले संघीय संसद् सदस्य २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य ५५० बाट घटाएर ३३० सदस्य बनाउनुपर्ने बताए । 

अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने कार्य पनि बन्द गर्नुपर्ने उनको प्रस्ताव छ । 

नागरिकका समस्या तत्कालै समाधान गर्ने संयन्त्र बनाउनुपर्ने बताएका उनले सुशासनको प्रत्याभूति हुने भ्रष्टाचार निवारणको अभियान चलाउनुपर्ने बताए । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : ३२ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि