सेयर बजारमा १३.६८ अंकको गिरावट « Khabarhub

सेयर बजारमा १३.६८ अंकको गिरावट


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मै भएको छ । यसअघि मंगलबार १७.३६ अंकले बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ । 

यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४ करोड ७० लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो ।

 सबभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरी तारागाँउ रेजेन्सी होटलको ३ करोड ९० लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।  

यसैगरी बुधबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था ३.२५ प्रतिशत, कुमारी इक्विटी फण्ड २.५१ प्रतिशत, एनआइसि एशिया सेलेक्ट फण्ड २.३० प्रतिशत, उपकार लघुवित्त वित्तिय संस्थाको २.२७ प्रतिशत, ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको २.१८ प्रतिशतले मूल्य घटेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : ४६ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा