राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी छ । 

चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उनको स्वकीय सचिवालयले जनाएको छ । उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उनको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ’, विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकको टोली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उनी भारतमा उपचारका लागि जान तयार भएको सचिवालयले स्पष्ट पारेको छ । यो कुरा प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा नै बताइसकेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्धति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ तर, ऐन कानून नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ । 

सचिवालयले यस प्रकारका भ्रामक सूचना र दुष्प्रचारको पछि आमनेपाली दिदीबहिनी तथा दाजुभाइ लाग्ने छैनन् भन्नेमा विश्वस्त रहेको जनाउँदै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ५७ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै