आँप खानुका फाइदा « Khabarhub

आँप खानुका फाइदा


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले बजारमा प्रशस्त मात्रामा आँप निस्किसकेका छन्। हरेक फलफूलका पसलमा आँप देखिन्छन्। आँप बालबालिकादेखि वृद्धासम्म सम्पूर्णलाई मनपर्ने रसिलो गुलियो र सारै स्वादिलो फल हो। धेरै जनाले आँपका फाइदा जानेर वा नजानेर नै सेवन गर्ने गर्छन्। तर आँपका धेरै फाइदा छन्। पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायतका तत्त्वहरू पाइने चिकित्सक बताउँछन्। आँपमा पाइने एण्टीअक्सिडेन्ट भिटामिन, फाइबरले क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ। भिटामिन बी कम्प्लेक्स, बी ६, आइरन तथा केही क्याल्सियम, जिंक र भिटामिन ‘ई’ पनि पाइन्छ।

बुँदामा आँपका फाइदा
– आँपले शरीरमा रगतको मात्रा बढाउँछ। त्यसैले रगतको मात्रा कम हुने मानिसले पनि आँप खानु लाभदायक हुन्छ।
-आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ। त्यसकारण यसले क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ।
-आँपको सेवनले मस्तिष्कलाई स्वस्थ राखी स्मरण शक्ति बढाउन मद्दत गर्छ।
-आँपमा प्रशस्त मात्रामा पाइने फाइबर र ‘भिटामिन सी’ ले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।
– तौल बढाउन चाहनेका लागि दैनिक रूपमा आँप सेवन लाभदायक मानिन्छ।
-आँपमा हुने ’भिटामिन ए’ ले आँखा तेजिलो बनाउन मद्दत गर्छ।
-आँपमा पाइने फाइबरले पाचन शक्तिलाई बलियो बनाउँछ।
– आँपको सेवनले छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउन मद्दत गर्छ।
– आँपको सेवनले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।
-आँपमा हुने ‘भिटामिन ई’ ले मानिसमा यौन क्षमता बढाउन मद्दत गर्छ। त्यसैले आँपको सेवन लाभदायक मानिन्छ।
-यसमा भएको पोटासियम र म्याग्नेसियमले शरीरको रक्तचाप नियन्त्रण गर्छ।
– आँपको भित्री भागलाई निकालेर छाला तथा कपालमा लगाउनाले छाला मुलायम र चमकदार र कपाल चाया मुक्त हुन्छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : ०८ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा