पछिल्ला २० वर्षदेखि अफ्रिकामा टर्कीको प्रभाव बढ्दो छ। आइतबार हुने राष्ट्रपति निर्वाचनले अफ्रिका र टर्कीको सम्बन्ध कस्तो रहने भन्ने कुराको तय गर्ने छ। दुई दशक अघि प्रधानमन्त्री र त्यसपछि राष्ट्रपतिको रूपमा रिकेप टाइइप इर्डोगान सत्तामा आएपछि उनको अफ्रिका प्रतिको चासो बढेको हो। उनले त्यहाँ आर्थिक, कूटनीतिक र सैन्य सम्भावना देखे।
उनी फेरी राष्ट्रपतिमा निर्वाचित भएमा अंकारा र अफ्रिकी महादेश बीचको गाँठो अझ कसिलो हुने अनुमान गरिएको छ। उनका समकक्षी प्रतिद्वन्द्वी रिपब्लिकन पिपुल्स पार्टीका नेता केमेल किरिक डराउलुको प्राथमिकतामा अफ्रिका भन्दा धेरै पश्चिमा देश छन्। उनले युरोपेली युनियनमा आबद्धताको पुन प्रयास गर्ने बताएका छन्।
दुई दशक अघि प्रधानमन्त्री र त्यसपछि राष्ट्रपतिको रूपमा रिकेप टाइइप इर्डोगान सत्तामा आएपछि उनको अफ्रिका प्रतिको चासो बढेको हो। उनले त्यहाँ आर्थिक, कूटनीतिक र सैन्य सम्भावना देखे।
त्यहाँका विज्ञको मतमा यदि सत्ता परिवर्तन भएमा वैदेशिक नीतिमा १ सय ८० डिग्रीकै परिवर्तन पनि हुनसक्ने छ। युरोपेली युनियन र पश्चिमेली शक्तिलाई हेर्ने दृष्टिकोण र अफ्रिकालाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन होला। तर, बाँकी विश्वको सेरोफेरोमा यसले कस्तो प्रभाव पार्ने छ भन्ने कुरामा भने अन्योलकै विषय हो। त्यहाँका राजनीतिक विज्ञ एस गोक्सडेफ टर्कीलाई नयाँ खालको वैदेशिक सम्बन्धको आवश्यकता भएका कारण यसै निर्वाचनले एउटा आधार तयार पनि गर्न सक्ने छ।
टर्की र अफ्रिका बीचको यो सम्बन्धको सुरुवात सन् २००३ मा इर्डोगान प्रधानमन्त्री भएको समयमा भएको हो। इर्डोगानले अफ्रिकासँगको सम्बन्धले भयङ्कर आर्थिक फड्को मार्ने ठहरसहित दरिलो गाँठो कसेका थिए। ‘सन् २००० को दशकको सुरुवातमा टर्कीको आर्थिक अवस्था तेजीतर्फ उन्मुख थियो। सोही समयमा नयाँ बजारको खोजी पनि गरिएको थियो,’ टर्कीका विदेश नीति प्रमुख डेमिर्टाले भने।
५० भन्दा बढी देशका एक दशमलव २ अर्ब मानिसको बीचमा बजार विस्तार गर्ने राम्रो सम्भावना देखेर त्यस समयमा अफ्रिकासँग सम्बन्ध विस्तार गरिएको हो। त्यस महादेशमा टर्कीको वार्षिक व्यापार सन् २००३ देखि २०२१ को बीचमा बढेर ५ दशमलव ४ अर्ब अमेरिकी डलर बाट बढेर २४ दशमलव ५ अमेरिकी डलर पुगेको थियो। सन् २०१३ मा अफ्रिका भ्रमणमा रहेका प्रधानमन्त्री इर्डोगानले आफूहरू त्यहाँ सुन लिन आएको नभई अफ्रिकाको सम्पत्ति सबै अफ्रिकाको हुने कुरा बताएका थिए।
टर्की र अफ्रिका बीचको यो सम्बन्धको सुरुवात सन् २००३ मा इर्डोगान प्रधानमन्त्री भएको समयमा भएको हो। इर्डोगानले अफ्रिकासँगको सम्बन्धले भयङ्कर आर्थिक फड्को मार्ने ठहरसहित दरिलो गाँठो कसेका थिए।
सोही सममा अन्तरालमा भएको सैन्य वार्ता जसलाई ‘ड्रोन कूटनीति’ पनि भनिन्छ। त्यसले टर्कीलाई सम्पन्न बनाउन सहयोग गरेको थियो। यसको उपयोगिता साबित भइसकेपछि ‘टिबी टु’ ड्रोन अर्मेनिया, लिबिया र युक्रेनमा व्यापक माग भएको छ।
पश्चिम अफ्रिकामा रहेको अतिवादी इस्लाम सैन्य सङ्गठनका विरुद्धमा यसको प्रयोग अफ्रिकामा व्यापक भएको छ। धेरै पश्चिम अफ्रिकामा अहिले आतङ्ककारी सैन्य गतिविधि र पृथकतावादी आन्दोलन दुवै भएका छन्। टर्कीबाट खरिद गरिएका ड्रोन यी हरेक स्थानमा काम लाग्ने गरेका छन्।
यसै महिना एक दर्जन ड्रोन मालीको राजधानी बमाकोमा पुगेको छ। मालीको सैन्य नेता कर्णेल असिमी कोल्टालाई टर्कीका कूटनीतिक अधिकारीले सो ड्रोन हस्तान्तरण गरेका थिए। पछिल्लो र परिष्कृत सो हतियार आदान प्रदान गरिएपछि कर्णेलले यसले हवाई युद्धमा आफ्नो देशलाई अझ बलियो र सशक्त बनाएको प्रतिक्रिया दिएका थिए।
पश्चिम अफ्रिकामा रहेको अतिवादी इस्लाम सैन्य सङ्गठनका विरुद्धमा यसको प्रयोग अफ्रिकामा व्यापक भएको छ। धेरै पश्चिम अफ्रिकामा अहिले आतङ्ककारी सैन्य गतिविधि र पृथकतावादी आन्दोलन दुवै भएका छन्।
मालीसहित टर्कीले बुर्कीनोफासो, टोगो र नाइजरमा पनि ड्रोन बिक्री गरेको छ। यसरी विक्री गरिनुका कारण त्यहाँ बढ्दै गएको अतिवादी इस्लामिक सैन्य समूहको गतिविधि नै हो। यी चार वटै देशको समस्या उस्तै छ। टर्कीले बेनीनसँग पनि वार्ता गरी रहेको छ। बेनीनमा अहिलेसम्म कुनै इस्लामिक सङ्गठनको गतिविधि भएको छैन। परन्तु, त्यस क्षेत्रमा नै बढ्दै गएको अतिवादी सैन्य सङ्गठनको जुनसुकै समयमा आफ्नो देशमा पनि उपस्थित हुनसक्ने कुरामा त्यहाँको सरकार सचेत छ। मोरक्क्को, ट्युनेसिया, इथियोपिया, नाइजेरिया र सोमालीया पनि टर्कीका चिने जानेकै ग्राहक हुन्।
चीनले एक पक्षीय पकड जमाइ राखेको समयमा टर्कीको यो उपस्थितिले चीनलाई धेरै नै धक्का लागेको हो। यसै बीचले टर्कीले एकपछि अर्को ग्राहकको सङ्ख्या बढाउँदै गयो र संसारका अन्य देशसँग सम्बन्ध सुधार गर्ने कुरामा पनि खासै चासो दिएन। बख्तर बन्द, खानी सफा गर्ने गाडी र सेन्सर पनि पछिल्लो समय धेरै अफ्रिकाली देशले टर्कीबाट लगिरहेका छन्। ३० देशमा टर्कीको कारोबार भइरहेको छ। यो ३० मध्येको २१ मा सन् २०१७ मा दोस्रो पटक डिल भएको थियो।
टर्कीले सोमालियाको राजधानी मोगाधीसुलाई आफ्नो एउटा केन्द्र जस्तै बनाएको छ। त्यहाँ टर्कीले २० हजार सोमालीयाली सैनिकलाई प्रशिक्षण दिइरहेको छ। त्यहाँबाट लाभ लिने मात्र होइन। केही सहयोग पनि अफ्रिकाको सङ्कटमा टर्कीले गरेको छ। नाइजेरिया, माउरेसीनीया र नाइजरमा अप्ठेरो समयमा टर्कीले सहयोग गरेको छ।
टर्कीले सोमालियाको राजधानी मोगाधीसुलाई आफ्नो एउटा केन्द्र जस्तै बनाएको छ। त्यहाँ टर्कीले २० हजार सोमालीयाली सैनिकलाई प्रशिक्षण दिइरहेको छ।
सैन्य र व्यवसायीक कुरा मात्र नभएर अफ्रिकासँगको सम्बन्ध कसिलो बनाउन इर्डोगानले धेरै प्रयास जारी राखेका छन्। सन् २००५ मा अफ्रिकी युनियनमा टर्की अब्जरभर मेम्बर बनेको थियो। त्यसको तीन वर्षपछि अफ्रिकी युनियनले टर्कीलाई स्ट्रेटेजिक पार्टनर बनायो। टर्कीले सन् २०१४ यता ३० अफ्रिकी देशमा ५० भन्दा बढी पटक औपचारिक भ्रमण गरेको छ। इर्डोगानले सेनेगलको भ्रमण मात्र चार पटक गरेका छन्। हरेक भ्रमणमा उनले केही व्यावसायिक डिल गरेर आउने गरेका छन्। साथमा केही सहयोग पनि। डकारको रङ्गशाला लगायत अनेकन् भौतिक संरचनामा टर्कीको सहयोग हुने गरेको छ।
पछिल्लो समय रुवान्डाले भने टर्कीलाई धोका दिएको आभास भएको छ। लामो समयको सहकार्यलाई बेवास्ता गर्दै केन्याको सीमासम्मको रेल मार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। अफ्रिकाका ४४ देशको टर्कीको दूतावास छन्। यो सङ्ख्या अन्य धेरै शक्ति राष्ट्रहरूको जस्तै हो। पछिल्लो समय ऊर्जा क्षेत्रमा पनि टर्कीको चासो देखिएको छ।
इर्डोगानको जितले पक्कै पनि अफ्रिकासँगको सम्बन्धलाई अझ सुमधुर बनाउने छ। उनले हारे भने पनि टर्कीको उत्पादनले युरोप र पश्चिमेली देश मात्र होइन, मध्य एसियालाई नयाँ निसाना बनाउन सक्ने छ।
यी सबै चासोको बीचमा आइतबारको निर्वाचनले धेरै कुरातय गर्नेछ। इर्डोगानको जितले पक्कै पनि अफ्रिकासँगको सम्बन्धलाई अझ सुमधुर बनाउने छ। उनले हारे भने पनि टर्कीको उत्पादनले युरोप र पश्चिमेली देश मात्र होइन, मध्य एसियालाई नयाँ निसाना बनाउन सक्ने छ। त्यसबाहेक त्यहाँको मानव अधिकारको मुद्दा त विशेष हो। टर्कीमा धेरै युवाको मत भने परिवर्तनको पक्षमा छ। स्रोत : बीबीसी
प्रतिक्रिया