जंगली च्याउ खाँदा तनहुँमा तीनजना गम्भिर बिरामी « Khabarhub

जंगली च्याउ खाँदा तनहुँमा तीनजना गम्भिर बिरामी


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन्।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० बर्षिया मीनमाया तामाङ गुरुङ र ३२ बर्षिया छोरा थमन गुरुङ बिरामी भएका हुन्।

उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो। तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १० : १० बजे

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ