वर्षामा पनि उपत्यकाको फोहर बञ्चरेडाँडा लगिने  « Khabarhub

वर्षामा पनि उपत्यकाको फोहर बञ्चरेडाँडा लगिने 


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब वर्षाको समयमा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ ।   विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । 

सरकारले केही समय पहिले दु्रत मार्ग ९फास्ट ट्र्याक० बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । उनले भने , ‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो ।’

सडक विभागले एक दशक पहिले बालाजु–रानीपौैवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए । इञ्जिनियर भण्डारीले भने , ‘असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएकोे हो ।’ 

पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो  छ । गत असोज २६ देखि  नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए । 

लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो ।  

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन वटा ठेक्का गरिएको थियो । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । बालाजु–त्रिशूली ५५ किमीत्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ । यी तीनै कम्पनीसँग विसं २०७०÷७१ मा ठेक्का सम्झौता गरिएको थियो । 

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १ : ५९ बजे

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन

वर्षाले चितवनको रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

चितवन– अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि