चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न « Khabarhub

चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

थिम्पु- चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।

बैठकमा चीनको कुन्मिङमा भएको ११औँ बैठकमा भएको सकारात्मक सहमतिको समीक्षा गर्दै दुई देशबीचको सीमा वार्तालाई तीव्रता दिने तीन चरणको मार्गचित्रलाई कार्यान्वयनमा लैजान भएका प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए । मैत्रीपूर्ण वातावरणमा भएको बैठकमा चीन–भुटान सीमासमबन्धी सबै विषयमा गहन छलफल भएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिलासम्बन्धी विभागका महानिर्देशक होङ लियाङले गरेका थिए ।

भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमा सचिव लेथो तोब्धेन ताङ्बीले गरेका थिए । समूहको अर्को बैठक आपसी सहमतिमा दुवै पक्षलाई सहज हुने मितिमा बेइजिङमा आयोजना गर्न चीन र भुटान सहमत भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : २३ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ