नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ      « Khabarhub

नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ     


१२ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका-१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्का रहेका छन् ।

पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्कली प्रोफाइल बनाई तस्बिरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको र पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्बिरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न खड्कालाई साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौँबाट बिहीबार पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ५ : ३१ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको