देश/प्रदेश

सवारी दुर्घटनामा तीन जनाको मृत्यु     

By खबरहब

May 26, 2023

काठमाडौँ– तनहुँ र सप्तरीमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

तनहुँको ब्यास नगरपालिका-९ कुमाल गाउँस्थित सडकमा लु २ त ८१३२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही नगरपालिका-९ गजौडे बस्ने ४८ वर्षीय मान बहादुर थापा मगरको मृत्यु भएको छ ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित सडकमा प्र २.०१.००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय श्याम कुमार यादव र मोटरसाइकल सवार विकास खंगको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको छिन्नमस्ता अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको स्थानीय मेडिकल पश्चात् थप उपचारको लागि राजविराजतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।