पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते « Khabarhub

पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।

पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दोस्रो विष्फोटमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ भने आक्रमणमा संलग्नको खोजी भइरहेको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । अहिलेसम्म कुनै व्यक्ति वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसैबीच, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा रहेको एक प्रहरी चौकीमा शुक्रबार बिहान भएको विस्फोटमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको खैबर जिल्लाका प्रहरी अधिकृत सलीम अब्बासले बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ८ : ३७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्