बागमती प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने « Khabarhub

बागमती प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस, २०८० विविध कार्यक्रमहरू गरी मनाउने तय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गङ्गानारायण श्रेष्ठले जेठ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरेका छन् ।

सरकारले जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नेछ । यस्तै जेठ १५ गते बिहान हेटौँडाको बुद्धचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म प्रभातफेरि आयोजना गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा गणतन्त्र दिवस, २०८० विशेष समारोहमा प्रदेश प्रमुखबाट सम्बोधन हुने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए । सोही दिन साँझ प्रदेशस्थित सबै मन्त्रालय, कार्यालय, सार्वजनिक एवं सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकाय र प्रदेशवासीका घरघरमा दीपावली गर्ने बताए।

जेठ १६ गते वृक्षरोपण कार्यक्रम आयोजना गर्ने मन्त्रालयअन्तर्गतका कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, सार्वजनिक निकायले राष्ट्रिय झण्डा फहराउने एवं ब्यानर प्रदर्शन गर्ने, सञ्चार माध्यममार्फत गणतन्त्र दिवसलाई सभ्य र भव्यरूपमा मनाउन अपिल गर्ने, प्रदेशमा क्रियाशील पत्रकारलाई प्रोत्साहित गर्न विभिन्न विधामा स्थापित पत्रकारिता पुरस्कार वितरण गर्ने जस्ता कार्यक्रम तय भएको मन्त्री श्रेष्ठले बताए। दिवसका अवसरमा राजनीतिक दल र नागरिक समाजको प्रतिनिधिबीच अन्तरक्रिया गर्ने,“गणतन्त्रको १५ वर्ष अवसर र चुनौती विषयमा खुला लेख प्रतियोगिता आयोजना गर्ने बताए ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : ५४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको