नेपाल काजकस्तानसँग पराजित « Khabarhub

नेपाल काजकस्तानसँग पराजित


१२ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा आज भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ सेट जित्दै काजकस्तान फाइनलमा पुग्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट नेपालले ३०–२८ को अन्तरले गुमाएको थियो । दोस्रो सेट भने नेपालले २५–१६ को अन्तरले सहजरूपले जित हात पार्यो । तेस्रो सेट नेपालले २५–१५ ले जितेको थियो । चौथो सेट काजकिस्तानले २५–१८ ले जितैसँगै खेल पाँचौ सेटमा धकेलिएको थियो ।

पाँचाै तथा निर्णायक सेटमा काजकस्तानले १५–७ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । अब फाइनलमा काजकस्तानले भारतसँग खेल्नेछ । पराजित नेपालले अब तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १० : ३५ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा