जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै « Khabarhub

जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ । 

हिजोबाट सुरु भएको अधिवेशनको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुँदैछ । छलफलका लागि सहभागीलाई १० समूहमा विभाजन गरिएको छ ।

हिजो अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए । सोही प्रस्तावित विधानमा आजबाट समूहगत छलफल हुन लागेको हो ।

अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठनलगायत देशभरी तथा प्रवाससमेतबाट गरी करिव ८०० प्रतिनिधिहरू सहभागी छन् ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालको विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली बन्नेछन् । 

विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ४९ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०