शरीरमा आयोडिनको कमी भए के हुन्छ ? | Khabarhub Khabarhub

शरीरमा आयोडिनको कमी भए के हुन्छ ?

शरीरमा आयोडिनको आवश्यकता


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयोडिन हाम्रो लागि दैनिक रूपमा नभई नहुने तत्त्व हो। आयोडिन विशेष गरेर समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिसलगायत समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा बढी पाइन्छ। हाम्रो नेपालमा समुद्र छैन। त्यस कारण हामीले आयोडिनयुक्त नुनको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन्। जमिनमा उमारेका खाद्य पदार्थः सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदिमा पनि आयोडिन पाइन्छ।

दैनिक रूपमा नेपालीले ९ ग्राम नुन सेवन गरेका हुन्छन्। तर दैनिक ५ ग्राम नुन भए हाम्रो शरीरलाई मनग्य पुग्ने चिकित्सक बताउँछन्। नुनको बढी प्रयोगले उच्च रक्तचाप लगायतका नसर्ने रोगको जोखिम बढाउँछ। त्यसैले एउटा वयस्क व्यक्तिले दैनिक रूपमा करिब १५० माइक्रोग्राम आयोडिन खानु उपयुक्त मानिन्छ।

आयोडिनको कमी हुँदा शरीरमा देखिने समस्या
– आयोडिनको कमी हुँदा शरीर सुन्निने छाला खस्रो हुने र कपाल झर्ने समस्या हुन्छ।
– गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने हुन्छ।
– आमा गर्भवती हुँदा आयोडिनको कमी भएमा रक्तचाप बढ्ने, बच्चाको शारीरिक र मानसिक विकास उचित रूपमा नहुने र बच्चा लुलो लङ्गडो हुने आदि समस्या देखिन सक्ने हुन्छ। बालबालिकामा बोल्ने, हिँड्ने, पढ्ने, सिक्ने आदि कला राम्रोसँग विकसित नहुने समस्या हुन्छ।
– गलगाँड ठुलो भयो भने श्वास नली थिचिएर मृत्यु हुनेसम्मको खतरा हुन्छ।
– आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने, पुड्कोपन हुने, स्पष्ट बोल्न नसक्ने र शारीरिक विकासमा पनि बाधा पुग्छ।
– काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने हुन्छ।
– महिलामा महिनावारी र बाँझोपनको समस्या हुन्छ।
– वयस्कको शरीरमा पनि आयोडिनको कमी हुँदा गलगाँड, थाइराइडमा असन्तुलनजस्ता समस्या सिर्जना हुनेछन्।
– आयोडिनको सेवनले थाइरोइड ग्रन्थी सन्तुलनमा रहन मद्दत पुग्छ।
– आयोडिनको कमीले कब्जियत हुने आँखा धमिलो हुने हुन्छ।
– आयोडिनको कमीबाट थाइरोइड तथा अन्य विभिन्न भागको क्यान्सर हुने सम्भावन पनि रहन्छ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ०७ बजे

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत