शरीरमा आयोडिनको कमी भए के हुन्छ ? « Khabarhub

शरीरमा आयोडिनको कमी भए के हुन्छ ?

शरीरमा आयोडिनको आवश्यकता


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयोडिन हाम्रो लागि दैनिक रूपमा नभई नहुने तत्त्व हो। आयोडिन विशेष गरेर समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिसलगायत समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा बढी पाइन्छ। हाम्रो नेपालमा समुद्र छैन। त्यस कारण हामीले आयोडिनयुक्त नुनको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन्। जमिनमा उमारेका खाद्य पदार्थः सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदिमा पनि आयोडिन पाइन्छ।

दैनिक रूपमा नेपालीले ९ ग्राम नुन सेवन गरेका हुन्छन्। तर दैनिक ५ ग्राम नुन भए हाम्रो शरीरलाई मनग्य पुग्ने चिकित्सक बताउँछन्। नुनको बढी प्रयोगले उच्च रक्तचाप लगायतका नसर्ने रोगको जोखिम बढाउँछ। त्यसैले एउटा वयस्क व्यक्तिले दैनिक रूपमा करिब १५० माइक्रोग्राम आयोडिन खानु उपयुक्त मानिन्छ।

आयोडिनको कमी हुँदा शरीरमा देखिने समस्या
– आयोडिनको कमी हुँदा शरीर सुन्निने छाला खस्रो हुने र कपाल झर्ने समस्या हुन्छ।
– गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने हुन्छ।
– आमा गर्भवती हुँदा आयोडिनको कमी भएमा रक्तचाप बढ्ने, बच्चाको शारीरिक र मानसिक विकास उचित रूपमा नहुने र बच्चा लुलो लङ्गडो हुने आदि समस्या देखिन सक्ने हुन्छ। बालबालिकामा बोल्ने, हिँड्ने, पढ्ने, सिक्ने आदि कला राम्रोसँग विकसित नहुने समस्या हुन्छ।
– गलगाँड ठुलो भयो भने श्वास नली थिचिएर मृत्यु हुनेसम्मको खतरा हुन्छ।
– आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने, पुड्कोपन हुने, स्पष्ट बोल्न नसक्ने र शारीरिक विकासमा पनि बाधा पुग्छ।
– काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने हुन्छ।
– महिलामा महिनावारी र बाँझोपनको समस्या हुन्छ।
– वयस्कको शरीरमा पनि आयोडिनको कमी हुँदा गलगाँड, थाइराइडमा असन्तुलनजस्ता समस्या सिर्जना हुनेछन्।
– आयोडिनको सेवनले थाइरोइड ग्रन्थी सन्तुलनमा रहन मद्दत पुग्छ।
– आयोडिनको कमीले कब्जियत हुने आँखा धमिलो हुने हुन्छ।
– आयोडिनको कमीबाट थाइरोइड तथा अन्य विभिन्न भागको क्यान्सर हुने सम्भावन पनि रहन्छ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ०७ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न