भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २० घाइते « Khabarhub

भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २० घाइते


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

भुवनेश्वर– भारतको उडिसा राज्यमा भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको दुई बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको जन्ती बोकेको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको जनाइएको छ ।

घटनालगत्तै स्थानीय प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : १३ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु