काठमाडौँ तराई-मधेस द्रुतमार्ग : सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालन « Khabarhub

काठमाडौँ तराई-मधेस द्रुतमार्ग : सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालन


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने ७२.५ किमी दूरीको द्रुतमार्ग आयोजनालाई १३ वटा प्याकेज बनाई अन्तर्राष्ट्रिय बोलपत्रमार्फत अघि बढाइएको जानकारी दिए । 

उनले भने, ‘हालसम्म सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालनमा छ । तीन वटा प्याकेजको बोलपत्र प्रकाशन भई मूल्यांकनको चरणमा छ । बाँकी प्याकेज ड्रइङ, डिजाइनको कार्य अघि बढाइएको छ ।’

चालु आवको जेठ मसान्तसम्म आयोजनाको भौतिक प्रगति २३.४५ र वित्तीय प्रगति २५.४ छ । आयोजनामा हालसम्म ४४ अर्ब ९० करोड खर्च भइसकेको छ । आव २०८०-८१ का लागि २२ अर्ब ५० करोड विनियोजन भएको छ ।

उपप्रधानमन्त्री खड्काले देशको आर्थिक, सामाजिक विकासमा दूरगामी प्रभाव पार्ने उक्त आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। सेनाको व्यवस्थापनमा हाल मुलुकका कोसी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक (च्याम्ताङ–घोङघप्पा खण्ड), बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक, कर्णाली करिडोर (लालिबगर–दुल्लिकुन्नाघाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) सडक, दार्चुला टिंकर (तुषारपानी–तिंकर खण्ड) सडक निर्माण भइरहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ०२ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय