सेयर बजारमा ११.६९ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ११.६९ अंकको वृद्धि


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारले उकालो यात्रालाई सोमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएको तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हो ।

सोमबार २७९ कम्पनीको ११ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा जनसमूहहरूमा लगानीकर्ता झुम्मिएका थिए । 

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्न थालेको छ ।  हिमालयन लाइफ इन्स्योरेन्सको भाउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसैगरी, दोस्रोमा सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २२ करोड ३७ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ३ : ५८ बजे

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता