छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट « Khabarhub

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०-०८१ का लागि जम्मा ६० करोड ६९ लाख ४१ हजार ४ सय ७२ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।  

नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ७७ करोड ६६ लाख थियो । नयाँ बजेटमा संघीय सरकारकातर्फ संघीय राजस्व बाँडफाँडमा १० करोड ५८ लाख २१ हजार, संघीय ससर्त अनुदान चालुतर्फ २५ करोड ९५ लाख रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए । उनका अनुसार  संघीय सरकार समानीकरण अनुदान ११ करोड ७२ लाख, संघीय सरकार विशेष अनुदानमा २ करोड ३० लाख र संघीय समपूरक अनुदान २ करोड २० लाख रकम सार्वजानिक गरिएको छ । 

प्रदेश सरकार राजस्व बाँडफाँडमा १४ लाख २८ हजार ४ सय ७२ , प्रदेश समानीकरण १ करोड ४२ लाख १४ हजार , प्रदेश सशर्त अनुदान ४ करोड ६७ लाख ६८ हजार  र आन्तरिक राजस्व आम्दानी १ करोड ७० लाख रकम रहेको भामको भनाई छ ।   

बजेटमा  दलित समुदायका ज्येष्ठ नागरिकहरूका लागि छुट्टै वृद्धाश्रम सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको थियो ।साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरूलाई मध्यनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ । 

छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरु छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : १७ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको